Logo

कश्मीरमा गोली चल्यो, ८ जना सैनिकको मृत्यु



कखरा संवाददाता


३१ साउन, एजेन्सी । भारत र पाकिस्तानका सेनाबीच कश्मीमार भएको दोहोरो फायरिङमा ८ जनाको मृत्यु भएको छ ।

भारतीय सेनाको गोली लागेर तीन पाकिस्तानी सेनाको मृत्यु भएको हो भने पाकिस्तानी सेनाको गोली लागेर पाँच भारतीय सेनाको मृत्यु भएको हो ।

लाइन अफ कन्ट्रोल (एलओसी) क्षेत्रमा बिहीबार भारतीय सेनाले गोली चलाउँदा तीन पाकिस्तानी सेनाको मृत्यु भएको अन्तर–सेवा जनसम्पर्क निर्देशक जनरल मज गेन असिफ गफूरले बताएका छन् ।

उनले ट्विटमा लेखेका छन्, पाकिस्तानी सेनाको जवाफी कारबाहीमा पाँच भारतीय सेनाको समेत मृत्यु र अन्य धेरै घाइते भएको उल्लेख गरेका छन् । उनले दुबै पक्षबाट गोली हानाहान चलिरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्