Logo

लायन्स,लियो क्लब र सहकारीद्वारा संयुक्त रक्तदान कार्यक्रम आयोजना हुने



कखरा संवाददाता


काठमाण्डौ,श्रावण २९। लायन्स क्लव अफ काठमाण्डौ डिष्ट्रिक ३२५ बि १ अन्तरगतका बिभिन्न ७ लायन्स क्लब, एक लियो क्लब र एक सहकारी संस्थाको संयुक्त सक्रियतामा रक्तदान कार्यक्रम आयोजना हुने भएको छ।

अस्पतालहरुमा बिरामीहरुको उपचारको लागि आवश्यक रगतको कमी हुन नदिनको लागी नेपाल रेडक्रस सोसाईटीको प्राबिधिक सहयोगमा कार्यक्रम आयोजना गर्न लागिएको आयोजक लायन्स क्लब अफ काठमाण्डौ योङ्ग स्टार सामाखुसीका अध्यक्ष अक्ष गौतमले बताए । कार्यक्रम आउँदो श्रावण ३१ गते काठमाण्डौको सामाखुसी चोकमा बिहान ७ बजेदेखि सुरु हुने बताईएको छ।

लायन्स क्लव अफ काठमाण्डौ मिर्मिरे,सामाखुसी; लायन्स क्लव अफ काठमाण्डौ जेष्ठ,गंगबु; लायन्स क्लव अफ काठमाण्डौ ओम,सामाखुसी; लायन्स क्लव अफ काठमाण्डौ ओम बुद्ध,सामाखुसी; लायन्स क्लव अफ काठमाण्डौ नागार्जुन हिल,सामाखुसी; लायन्स क्लव अफ काठमाण्डौ युनाईटेड सिटि,सामाखुसी र लियो क्लब अफ काठमाण्डौ ओमको आयोजना तथा उद्धेश्य बचत तथा ऋण सहकारी संस्था,गंगबुको सहकार्यमा उक्त कार्यक्रम हुन लागेको योङ्ग स्टार क्लवका सागर लामिछानेले बताए।

सहकारीको सामाजिक उत्तरदायित्व अन्तरगत आफ्नो संस्थाले पनि रक्तदानमा सहयोगीको भूमिका रोजेको उद्धेश्य बचत तथा ऋण सहकारी संस्था गंगबुका कार्यकारी प्रमुख सिताराम रिमालले बताए।

समाजसेवाको निरन्तर कार्यक्रम अन्तरगतनै रक्तदान आयोजना गरिएको बताईएको छ । उक्त कार्यमा सहभागिता जनाएर मानविय सेवामा समर्पित हुन क्लब तथा सहकारीले अनुरोध समेत गरेका छन।

प्रतिक्रिया दिनुहोस्