Logo

कर्णाली प्रदेशका मन्त्रीलाई पक्राउ आदेश



कखरा संवाददाता


काठमाडौं । बैङ्किङ कसुरसम्बन्धी एक मुद्दामा कर्णाली प्रदेशका भौतिक विकास मन्त्री खड्गबहादुर खत्रीलाई पक्राउ गर्न अदालतले आदेश दिएको छ । मन्त्री खत्रीलाई पक्राउ गरी अदालतमा हाजिर गराउन उच्च अदालत पाटनले आदेश दिएको हो ।

न्यायाधिशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले अभियुक्तको बयानअनुसार प्रदेशमन्त्री मदमा बहाल नै रहेको भएपनि तीनदिन भित्र बयानका लागि उपस्थित गराउन आदेश दिएको हो ।

कृषि विकास बैंकले नक्कली बैंङ्क ग्यारेन्टी बनाएर दुई चरणमा जिल्ला प्राविधिक कार्यालयमा पेस भएको विषयमा बैङ्किङ कसुर मुद्दा चलाइएको थियो । फरार अभियुक्तको रुपमा मन्त्री खत्रीविरुद्द अभियोगपत्र दायर भएको थियो । समाचार गोरखापत्र दैनिकले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्