Logo

पार्टीमा पत्तो नदिई सांसद यादवकाे राजीनामा



कखरा संवाददाता


२९ साउन, काठमाडौं । सप्तरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सांसद डा. सुर्यनारायण यादवले पदबाट राजीनामा दिनुभएको छ । तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट प्रत्यक्ष निवार्चित यादवले पार्टी (समाजवादी) लाई कुनै जानकारी नै नदिई राजीनामा दिनुभएको हो ।

यादवले राजीनामा दिनुको कारण खुलाउनुभएको छैन् । समाजवादी पार्टी नेपालको मंगलबारको पदाधिकारी बैठकमा अध्यक्ष उपेन्द्र यादवले सांसद यादवको राजीनामा बारे जानकारी गराउनुभएको थियो । अध्यक्ष यादवले सांसद यादवको राजीनामा स्वीकृत नगर्न सभामुख कृष्णबहादुर महरालाई अनुरोध गर्नुभएको छ ।

पार्टी स्रोतका अनुसार अध्यक्ष उपेन्द्र यादव र सांसद डा. सुर्यनारायण यादवबीच ५-६ महिना यता मनमुटाव रहेको थियो । यादवको राजीनामा पछि सो क्षेत्रको आगामी सांसदमा सीके राउतको चर्चा सुरु भएको खबर अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्