Logo

नातिनी उमेरकी बालिका बलात्कार



कखरा संवाददाता


भक्तपुर। नातिनी उमेरकी एक बालिकालाई डरधम्की देखाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

सूर्यविनायक–१, दधिकोट तर्खालमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा ५२ वर्षीय तीर्थराज न्यौपाने पक्राउ परेको महानगरीय प्रहरी वृत्त थिमीले जनाएको छ।

छिमेकी नातिनी उमेरकी बालिकालाई पटक–पटक दुव्र्यवहार गरेको र पछि बलात्कार गरेको उजुरी परेपछि प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको नायब उपरीक्षक शान्तिराम कोइरालाले जानकारी दिए। पीडित बालिकाको भक्तपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ।

न्यौपानेलाई आइतबार म्याद थप गरी आवश्यक अनुसन्धान र कारबाही अगाडि बढाइने भएको छ। राजधानी दैनिकमा खबर छ।

प्रतिक्रिया दिनुहोस्