Logo

सिंहदरबार प्रहरी वृत्तबाट दुई थुनुवा फरार



कखरा संवाददाता


काठमाडौं। राजधानीको सिंहदरबारस्थित महानगरीय प्रहरी वृत्तबाट शनिबार बिहान दुई जना थुनुवा फरार भएका छन् । प्रहरी वृत्त शौचालयको झ्यालको ग्रिल काटेर थुनुवाहरू हिरासतबाट भागेका हुन्।

फरार हुनेमा मोटरसाइकल चोरीमाा संलग्नताको आरोप लागेका मदन लामा र सुखिलाल वाइवा छन्। महानगरीय कार्यालय रानीपोखरीले शौचालयको ग्रिल काटेर भाग्दा पनि सुरक्षामा खटिएका सुरक्षाकर्मीले थाहा नपाउनु गम्भीर लापरवाही भनेको छ।

कार्यालयको प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीले प्रहरीको लापरवाहीकै कारण थुनुवा भागेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘घटनाको छानबिन हुन्छ । हामी समिति बनाएर लापरवाही गर्ने प्रहरीलाई विभागीय कारवाही गछौं।’ समाचार अन्नपूर्ण दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्