Logo

सुनकाे मूल्य बढेकाे बढ्यै, ताेलाकाे ७० हजार



कखरा संवाददाता


काठमाडौं । एक साता सुनको मूल्य निरन्तर बढ्दै गएको छ । अमेरिका र चीनबीचको व्यापारमा भइरहेको विवादको कारण सुनको मूल्य बढेको हो ।

चीनबाट निर्यात हुने वस्तुमा अमेरिकाले भस्सार दर बढाएपछि विश्वका शक्तिशाली दुई राष्ट्रबीच चिसापनको कारण व्यवसायी सुन किनबेचमा लागे, अनि सुन विगतको तुलनामा बढी किनबेच हुन थाल्यो । त्यही कारण सुनकाे मूल्य ह्वात्तै बढेको हो ।

चीनबाट आयात हुने वस्तुमा भन्सार महशुल बढाएपछि चीनले पनि अमेरिकी उत्पादन आयातमा कडाइ गरेको छ । अन्तर्राष्ट्रिय स्टक मार्केटमा शेयरको भाउ घट्नु र अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ निक्षेपमा दिने ब्याजदर घटाउनुले पनि सुनको मूल्यवृद्धि भएको व्यवसायीका भनाई छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्य पछिल्लो समय कास्मीरमा बढेको तनावको कारणले पनि सुनको मल्य बढेको बताउनु हुन्छ ।

साउन १६ गते प्रतितोला ६५ हजार रहको सुन अहिले ७० हजार पुगेको छ । सुनकाे मूल्य एक सातामा प्रतितोला ५ हजार बढेको छ । सुनको भाउ लगातार उच्चरुपमा बढेपछि कारोबार भने ठप्प हुन थालेको छ । महिलाहरुको चाड तीज नजिकिँदै गएको छ । विगतमा तीजमा सुन कारोबार बढी हुन्थ्याे । तर यस पटक भने उच्च मूल्यकै कारण तीज नजिकिँए पनि कारोबार भएको छैन ।

अर्थ बिश्लेष्कहरुले सुनकाे  मूल्य अझै ३, ४ महिनासम्म बढ्न सक्ने अनुमान गरेका छन् । आउँदो डिसेम्वरसम्म सुनको भाउ नघट्ने अर्थ बिश्लेष्कहरुको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्