चितवन । भरतपुरको एक होटलमा मृत भेटिएका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणले नयाँ मोड लिएको छ।
घटना भएको २४ घन्टा पुग्नै लाग्दा भेटिएको सुसाइड नोट कारण मृत्यु प्रकरणले नयाँ मोड लिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृतक शालिकरामको मोबाइलमा सुसाइट भिडियो फेला परेको छ ।
त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। भिडियो भेटीएसँगै मंगलबार साँझ काठमाडौं लैजाँदै गरेको शालिकरामको सव भरतपुर अस्पतालमै राखिएको छ । मृतकका परिवारले दिएको जाहेरीका आधारमा पक्राउ परेका होटल सञ्चालक यज्ञबहादुर कार्की प्रहरी नियन्त्रणमा छन् ।
शालिकराम भरतपुर महानगरपालिका–१ नारायणगढस्थित पोखरा बसपार्कमा रहेको कंगारु होटलको कोठामा सोमबार राति ९ बजे झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । उनका परिवारले घटना रहस्यमय भएको भन्दै सत्यतथ्य पत्ता लगाउन माग गरेका छन् । उनी माउन्टेन टेलिभिजनमा कार्यरत थिए ।