Logo

कश्मीर विवादपछि चीनले मुख खोल्यो



कखरा संवाददाता


काठमाडौं । जम्मु–कश्मीरलाई दिइएको विशेषाधिकार खारेज गरी दुई अलग राज्य बनाउने भारत सरकारको निर्यणप्रति चीनले मुख खोलेको छ ।

मंगलबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ परारष्ट्र मन्त्रालयकी प्रवक्ता ह्वा छुनयिङले दुई देशीय सीमा क्षेत्रको पश्चिमी भागको चिनियाँ भूखण्डलाई भारत शासित क्षेत्रको परिधिमा राखेकामै चीनले उहिल्यैदेखि विरोध गर्दै आइरहेको बताइन् ।

चिनियाँ भूभागसँग सम्बन्धित लद्दाख केन्द्रद्वारा शासित हुने निर्णयबारे उनले भनिन्, ‘चीनले सधैं नै भारतको उक्त प्रवृत्तिको विरोध गर्दै आएको छ र यसमा चीन सदैव अडिग, निश्चयी र कसैगरी पनि अपरिवर्तनीय धारणमा उभिएको छ ।’

सीमा समस्याबारे विगतमा भएका सहमतिको भारतले पालना गर्नुपर्ने ह्वाको भनाइ छ । सतर्कतापूर्वक बोली र व्यवहारमा गम्भीर हुन पनि उनले भारतलाई सुझाव दिइन् ।, कान्तिपुर दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्