Logo

ब्रेण्डम म्याकुलमद्वारा सन्यासको घोषणा



कखरा संवाददाता


एजेन्सी । न्युजिल्यान्ड क्रिकेट टिमका पूर्वकप्तान ब्रेण्डम म्याकुलमले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । सबै खाले क्रिकेट प्रतियोगिताबाट सन्यास घोषणा गरेका म्याकुलमले अब क्यानडामा जारी ग्लोबल टी–२० लिगलाई अन्तिम बनाउने जनाएका छन् ।

उनको टीम टोरोन्टो नेसन्समा नेपाली लेग स्पीनर सन्दीप लामिछाने पनि आवद्ध छन् । सन्यास घोषणा गर्दै उनले भने ‘म गर्वका साथ सबै खालको क्रिकेटबाट विदा हुने निर्णयमा पुगेको छु । औपचारीक रुपमा ग्लोबल टी–२० पछि सन्यास घोषणा गर्ने छु ।’ ३७ वर्षीय म्याकुलमले ट्वीटमार्फत सन्यासको घोषणा गरेका हुन् ।

उनले आफ्नो २० वर्षीय व्यवसायिक क्रिकेट करिअरमा प्राप्त सफलतामा गर्व गर्ने बताएका छन् । न्युजिल्याण्डका लागि सन् २००४ मा दक्षिण अफ्रीकाविरुद्धको टेस्ट तथा २००२ मा अस्ट्रेलिया बिरुद्ध एकदिवसीयमा उनले डेब्यु गरेका थिए ।

टी–२० मा उनले सन् २००५ मा डेब्यु गरेका हुन् । यस क्रममा उनले १०१ टेस्टमा ६ हजार ४५३ रन, २६० एकदिवसीयमा ६ हजार ८३ रन तथा ७१ वटा टी–२० मा २ हजार१४० रन प्रहार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्