Logo

ससुराली जाँदै गरेका व्यक्तिको मोटरसाइकलको ठक्करबाट मृत्यु



कखरा संवाददाता


दाङ ।  दाङमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नम्बर ५ निवासी ६५ वर्षका गंगाराम यादवको सोमबार राति मोटरसाइकलको ठक्करबाट ज्यान गएको हो ।

सोनपुरुवाबाट प्रनाहामा रहेको ससुराली आउने क्रममा बाँकी चोकमा मोटरसाइकलले ठक्कर दिएको हो ।

लु ५ प ९७११ नम्बरको मोटरसाइकलले पैदलयात्री यादवलाई ठक्कर दिएको र उनको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

टाउको र खुट्टामा गम्भीर चोट लागेका यादवको लमही अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । मोटरसाइकल चालक १८ वर्षीय रोहित चौधरीलाई इलाका प्रहरी कार्यालय गढवाले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्