Logo

चुम्बन गरेको तस्बिर बाहिरिएपछि आत्महत्या



कखरा संवाददाता


काठमाडौं । चुम्बन गरेको गोप्य तस्बिर सामाजिक सञ्जालमा बाहिरिएपछि सोलुखुम्बुमा एक जोडीले काठमाडौंको कपनमा आत्महत्या गरेका छन् ।

अविवाहित पुरुष र विवाहित महिलाबीचको प्रेमसम्बन्ध भाइरल भएपछि आत्महत्या गरेको अनुमान गरिएको छ ।

सोताङ गाउँपालिका -४ नाम्लुङका २१ वर्षीय अमिरचन्द्र नाछिरिङ अविवाहित हुन भने माप्य दुधकोसी गाउँपालिका वाकुकी निर्मला खालिङ विवाहित हुन् । पति वैदेशिक रोजगारीमा रहेकाले निर्मलाले अमिरसँग गोप्य सम्बन्ध राखेको र त्यो सम्बन्ध बाहिरिएपछि आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

आइतबार साँझ ७ बजेर ३१ मिनेटमा आत्महत्या गर्ने जोडीको तस्बिर सामाजिक सञ्जालमा ‘पोष्ट’ भएको समाचार नागरिक दैनिकले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्