Logo

पेट्रोल चोर्नेलाई निलम्बनसम्मको कारबाही



कखरा संवाददाता


काठमाडौं । एकल ताला प्रणाली तोडफोड गरी प्रेट्रोल चोरी गर्ने ट्याङ्करलाई कारबाही हुने भएको छ । थानकोट डीपोले कारबाहीका लागि नेपाल आयल निगमलाई सिफारिस गरेकाे हाे ।

आयल निगमको तेल बोक्ने ट्याङ्करबाट अत्याधुनिक लकिङ्ग प्रणली तोड्दै ६०० लिटर पेट्रोल चोरी भएको थियो । थानकोट डिपोमा भण्डारण गर्ने क्रममा चोरी भएको खुलेको हो ।

भारतको बरौनिबाट थानकोट डिपोमा २० हजार लिटर पेट्रोल ल्याएको ना ४ ख ५६२६ नम्बरको ट्याङ्करबाट ६०० लिटर पेट्रोल चोरी भएको थियो ।

यस्ता ढुवानी कर्ता सहमति रद्द गर्नेदेखि निलम्बनसम्मकाे कारबाही प्रक्रिया अघि बढेको निगमका प्रवत्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । समाचार गाेरखापत्रमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्