Logo

सनराइज र चेम्बरबीच ब्यापार सम्झाैता



कखरा संवाददाता


काठमाडौं । सनराइज बैंक तथा नेपाल चेम्बर अफ कमर्श अन्तर्गतको महिला चेम्बर अफ कमर्सबीच ब्यापार साझेदार सम्झौता (Memorandum of Understanding (MOU) हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा सनराइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल तथा संघका तर्फबाट अध्यक्ष उर्मिला श्रेष्ठले हस्ताक्षर गर्नुभयाे ।

सम्झौता पश्चात् महिला चेम्बर अफ कमर्समा आवद्ध सम्पूर्ण सदस्यहरुलाई बैंकको तर्फबाट ‘Advisory Services on Banking, Accounting and Taxation’ सम्बन्धित विविध कार्यक्रमहरु आयोजना गरी जानकारी उपलब्ध गराइने बैंकले जनाएकाे छ।

संघमा आवद्ध महिला आयात/निर्यातकर्तालाई विद्यमान बैंकिङ सुविधाबारे जानकारीमुलक कार्यक्रम गरी उद्यमीका अन्तर्राष्ट्रिय बजार पहुँच तथा क्षमता विकासमा सहयोग पुग्ने बैंकले बिश्वास लिएको प्रेस विज्ञप्तीमा जनाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्