Logo

अन्ततः लिभरपुलले हात पार्‍यो जित



कखरा संवाददाता


एजेन्सी । युरोपियन च्याम्पियन लिभरपुलले जितसहित प्रि–सिजन यात्रा टुंग्याएको छ । जेनेभामा बुधबार राति भएको खेलमा लिभरपुलले लियोनलाई ३–१ पराजित गरेको हो । सुरुमा पछि परेको लिभरपुलले खेलमा जित दर्ता गरेको हो ।

लिभरपुलका गोरलक्षक एलिसनले मोउसा डेम्बेलेलाई फउल गरे । त्यसपछि लियोनले पेनाल्टी पायो, जसमा मेम्फिस डिपेइले गोल गरे । लिभरपुलका लागि रोबर्टो फिरमिनोले बराबरी गोल गरे । त्यसपछि लियोनका योआखिम एन्डेर्सनले आत्मघाती गोल गरे ।

ह्यारी विल्सनले गोल गरेपछि लिभरपुल ३–१ ले जित निकाल्यो । यो जितले लिभरपुललाई आइतबार हुने कम्युनिटी शिल्डका लागि मनोबल उच्च बनाएको छ । लिभरपुलले कम्युनिटी शिल्डमा म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्