Logo

२० अधिकृतलाई जापानको छात्रवृत्ति



कखरा संवाददाता


काठमाडौं । जापान सरकारले नेपालका २० अधिकृत र उपसचिव तहका कर्मचारीलाई अर्थशास्त्र, विकास र अन्तर्राष्ट्रिय मामिलालगायत विषयमा दुईवर्षे छात्रवृत्ति प्रदान गरेको छ ।

काठमाडौंस्थित जापानी दूतावासले मंगलबार यस वर्ष छात्रवृत्ति लागि छानिएका अधिकृतसित अन्तक्रिया गरेको थियो । छात्रवृत्ति प्राप्त अधिकृहरुलाई अनुभव र ज्ञान नेपालको विकासमा सहयोगीसिद्ध हुने विश्वास गरिएको दूतावासले जनाएको छ । तीन वर्षदेखि जापानले २० अधिकृतलाई यसरी छात्रवृत्ति दिँदै आएको छ ।

जापान सरकारले मंगलबारै अधिकृतहरुलाई स्नातकोत्तरको छात्रवृत्ति र पीएचडी गर्न आर्थिक सहायता गर्ने योजनाका लागि ६४ करोडको अनुदान सहायता दिने सम्झौता नेपालसँग गरेको छ । , कान्तिपुर दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्