Logo

पौडेललाई देउवाको जवाफ: डेढ वर्षअघि महाधिवशेन कार्यतालिका आश नगर्नू



कखरा संवाददाता


काठमाडौं । पार्टीको १४औं महाधिवेशनको कार्यतालिका ल्याउने विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच वाद विवाद भएको छ ।

केही दिनदेखि पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा नेता पौडेलले तत्काल १४औं महाधिवेशनको कार्यतालिका ल्याउन माग गरे पनि देउवाले डेढ वर्षअघि नै कार्यतालिकाको आश नगर्न भनेका हुन् ।

मंगलबार केन्द्रीय समितिमा आफ्नो धरणा राख्दै पौडेलले नियमति अवस्थामा फागुनमै महाधिवेशन हुनेपर्ने भए पनि अब नभ्याइने भएकाले थपिने एक वर्षभित्र जसरी पनि महाधिवेश हुनुपर्ने बताएका थिए ।

पौडेलको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘अब १४औँ महाधिवेशनका लागि कार्यतालिका सभापतिले ल्याउनुपर्छ । फेरि अलमल्याउने काम नहोस् ।’

पौडेलले बोल्न नपाउँदै सभापति देउवाले डेढ वर्ष अघि नै महाधिवेशनको कार्यातालिका नल्याउने जवाफ दिएका छन् । ‘डेढ वर्ष अघि नै महाधिवेशनको कार्यतालिका ल्याउँदिन । तपाईं त्यसको आश नगर्नुहोस्, देउवाले भने ।

कांग्रेस विधानअुनसार प्रत्येक चार वर्षमा नियमित महाधिवेशन हुनुपर्ने र त्यो हुन नसके थप एक वर्ष थप्न सकिने व्यवस्था छ । नियमति अवस्थामा आउँदो फागुनमा १४औं महाधिवेशन हुनुपर्ने भए पनि अहिलेसम्म कुनै तयारी नभएकाले संभव नहुने भएकाले थपिएको एक वर्षभित्र महाधिवेशन गर्न पौडेलले दबाब दिएका हुन् ।

तर सभापति देउवा एक वर्ष र अर्को ६ महिनासमेत कार्यकाल लम्ब्याउने पक्षमा उभिएका छन् ।

पौडेलले आफूले सभापतिलाई पटक पटक मिलेर जान आग्रह गरे पनि कुनै सुनुवाइ नभएको भन्दै दुखेसो पाखे । ‘मैंले पार्टीमा ४० प्रतिशत हिस्सा मागेको छैन । पार्टीले चुनाव हर्दा राजीनामा मागेको पनि होइन । अरु साथीहरुले नैतिकताका आधारमा राजीनामा दिन भनेका हुन् । म जहिले पनि मिलेर जाने पक्षमा छु, तर सुनुवाइ हुँदैन, पौडेलले भने ।

बैठकमा उपसभापति विजयकुमार गच्छादारले पार्टी एकीकरण हुँदा आफूसँग भएको सहमतिलाई कार्यान्वयन गर्न माग गरे । पार्टीको अन्तरिम संरचना सहमतिका आधारमा बनाउन उनले माग गरे ।

त्यस्तै महामन्त्री पूर्णबहादुर खड्काले नयाँ स्थानीय तह बन्दा मर्ज भएका पार्टीका निकायलाई सहमतिका आधारमा संक्रमणकालका लागि मर्ज गर्नु प्रस्ताव गरे ।

प्रतिक्रिया दिनुहोस्