Logo

उदित नारायणलाई ज्यान मार्ने धम्की



कखरा संवाददाता


काठमाडौं । गायक उदित नारायण झालाई ज्यान मार्ने धम्की आएको छ । भारतीय मिडियाका अनुसार पछिल्लो एक महिनादेखि झालाई ज्यान मार्ने धम्की आएको हो ।

झाले पछिल्लो एक महिनादेखि कोही व्यक्तिले फोनमा हानी नोक्सानी पुर्‍याउने धम्की दिएको भन्दै उजुरी दिनुभएको हो । उजुरीमा उहाँले फोन गर्ने व्यक्तिले पैसाको माग नगरेको समेत उल्लेख गर्नुभएको छ । प्रहरीको अनुसन्धान अनुसार फोन आएको नम्बरको स्थान बिहारमा देखाएको छ ।

मुम्बईको अँधेरी वेस्टमा बस्ने उदित नारायणको घर वरिपरि सुरक्षाकर्मी खटाएको स्थानीय प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एक महिनामा उदितलाई एउटै नम्बरबाट तीन पटक धम्की आएको हो ।

प्रतिक्रिया दिनुहोस्