Logo

यस्तो छ मंगलबार मौसमको गतिविधि



कखरा संवाददाता


काठमाडौं । जल तथा मौसम विज्ञान विभाग पछिल्लो केही समय मनसुनी वर्षा सक्रिय हुन नसकेको जनाएको छ ।

मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू–भाग भन्दा दक्षिणतिर रहेका कारणले नेपालमा मनसुनी गतिविधि कम सक्रिय भएको हो ।

मंगलबार देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा वर्षा हुने संभावना रहेको छ ।

यस्तै, राति देशको पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली साथै मध्य तथा पूर्वी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थानमा, पूर्व र मध्यका थोरै स्थानमा वर्षा हुने संभावना रहेको मौसम विभागले जनाएको छ ।

देशको पश्चिमि पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको संभावना छ।

प्रतिक्रिया दिनुहोस्