Logo

‘हजार जुनिसम्म’को ट्रेलर सार्वजनिक (भिडियाेसहित)



कखरा संवाददाता


काठमाडौं । नेपाली चलचित्र ‘हजार जुनिसम्म’को ट्रेलर शुक्रबार सार्वजनिक भएको छ । प्रेम कथामा आधारित चलचित्र हजार जुनिसम्म  विशाल चामालिङले निर्माण गरेका हुन् ।

विकासराज आचार्यले निर्देशन गरेको ‘हजार जुनिसम्म’मा आर्यन सिग्देल, संजिता लुइटेल, स्वातीमा खड्का, सलोन बस्नेत, अनुभव रेग्मी, कविता रेग्मी र अखिलेस प्रधान लगायतले अभिनय गरेका छन् । हजार जुनिसम्ममा नायक सिग्देलको फरक खालको अभिनय देख्न पाइन्छ । चलचित्रमा केही नयां कलाकारले समेत अवसर पाएका छन् ।

पोखरा र दार्जिलिङ लगायतका स्थानमा ६५ दिन लगाएर छायांकन गरिएको ‘हजार जुनिसम्म’ ‘नाई नभन्नु ५ लाई टक्कर दिने निर्माताको दाबी छ । चलचित्र साउन ३० गते प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्