Logo

४ दिनसम्म खोँचमा



कखरा संवाददाता


काठमाडौं । जीउ टसकोमस हुँदैन । तिर्खाले प्याकप्याक बनाएको छ । छेवैमा पानी छ ।

हेर्न सक्छन्, पिउन सक्दैनन् । भीरबाट खसेर खोचमा अडिएका १६ वर्षीय अञ्जन सुनारको मुखमा चार दिनपछि पानी पर्‍यो । उनको ‘सकुशल’ उद्धार त भयो तर मेरुदण्डको हड्डी भाँचिएको अवस्थामा ।

पोखराको छोरेपाटन तलपट्टि फुस्रेखोलासँग डेभिज फल्सबाट बग्ने भङखोला मिसिन्छ । दोभानभन्दा अलि माथिपट्टिको डिलमा त्यस दिन उनी टहलिँदै थिए । सोमबार मध्य दिनमा फुस्रेखोलाबाट कोही चिच्यायो, ‘माछा, माछा’ ।

उनी डिलको छेउमै गएर आवाज आएतिर हेरे । धेरै डिलमा पुगेकाले उनको खुट्टा चिप्लियो । तल खसे । रूखमा, ढुंगामा ठोक्किँदैठोक्किँदै बिनामेसै झरे । केही तल पुगेपछि ढुंगामा टाउको बजारियो । त्यसपछि केही चेत पाएनन् ।

केहीबेरमा होस खुल्दा आफू रूखमा अडिएको थाहा पाए । खुट्टा चलाउन खोजे, सकेनन् । ढाडको हड्डी सुन्निएको थियो । कम्मरभन्दा मुनि चलेन । तल हेरे, डरलाग्दो खोच छ । ठूल्ठूला ढुंगामा ठोक्किँदै भङखोला बगिरहेको छ ।, कान्तिपुर दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्