सांघाई : इन्टरनेसनल च्याम्पियन्स कपअन्तर्गत बिहीबार भएको खेलमा म्यानचेस्टर युनाइटेडले टोट्टनहामलाई २-१ गोलले हराएको छ।
चीनको सांघाईमा भएको यो खेलमा आन्द्रे गोेमेजले ८० औँ मिनेटमा गोल गर्दे म्यान युनाइटेडलाई जित दिलाएका हुन्। त्यसअघि एन्थोनी मार्सलले २१ औँ मिनेटमा गोल गर्दै म्यान युनाइटेडलाई अग्रता दिलाएका थिए।
लुकासले ६५ औँ मिनेटमा खेल बराबरीमा ल्याएपनि म्यान युनाइटेडले पुन अग्रता लिएको थियो।