Logo

दुई कोसा केरा प्रकरणः उच्चस्तरीय छानवीन गर्न आदेश



कखरा संवाददाता


काठमाडौं । बलिउड नायक राहुल बोसले हालै सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गरे । भिडियोमा उनले एक फाइभ स्टार होटलमा दुई कोसा केराको मूल्य ४ सय ४२ भारु परेको उल्लेख गरे ।

उनले ट्वीट गरेको भिडियो भाइरल भयो । भिडियो भाइरल बनेपछि अब उनी बसेको होटल जेडब्लु म्यारिएट विरुद्ध त्यहाँको कमिस्न मन्दीप सिंहले उच्चस्तरीय छानवीन गर्न आदेश दिएका छन् ।

नायक राहुलले राखेको भिडियोको आधारमा छानवीन गर्न लागिएको कमिस्नर सिंह जानकारी दिएको आजतकले लेखेको छ । यदि होटल दोषी देखिए कानुनअनुसारको कारवाही गरिने उनको भनाइ छ ।

केरासँगै आएको बिलमा दुई कोसा केराको मूल्य ३ सय ७५, सेन्टर जीएसटी ३३ रुपैयाँ ७५ पैसा र युनियन टेरटरी जीएसटी ३३ रुपैयाँ ७५ पैसा गरी जम्मा ४ सय ४२ रुपैयाँ ५० पैसा लेखिएको थियो । राहुलले २१ जुलाईमा भिडियो पोस्ट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्