Logo

अति राजनीतिकरणले निर्मलाको हत्यारा पत्ता लगाउन सकिएन



कखरा संवाददाता


काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले अति राजनीतिकरण गरिएका कारण निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकिएको बताउनुभयो । हत्या प्रकरणको छानवीनको कामलाई सरकारले गम्भीरतापूर्वक अघि बढाइरहेको भएपनि अति राजनीतिकरणले घटनाको अनुसन्धान प्रभावित भएको गृहमन्त्री थापाको स्पष्टिकरण छ ।

मंगलबार मन्त्रालयको एक वर्षको कामको समिक्षा र चालू आर्थिक वर्षको कामको कार्ययोजना सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले बलात्कारका घटनामा नेपाल प्रहरीले ९५ प्रतिशत सफलता हात पारेको तथ्यांक प्रस्तुत गनुभयो । मन्त्री थापाले सरकार मुलुकमा शान्ति, सुरक्षा र सुशासन कायम गर्न सफल रहेको दाबी गर्नुभएको छ ।

गृहमन्त्री थापाले सुरक्षा चुनौतिको रुपमा रहेको नेत्रविक्रम चन्द समूहलाई नियन्त्रणमा लिन पनि सरकार सफल भएको बताउनु भयो । उहाँले भ्रष्टाचारमा संलग्न १८ सय ठेकेदारहरुको फाइल कारवाहीका  लागि अख्तियारमा बुझाइएको जानकारी दिनुभयो । विकास, निर्माणको काममा अनियमितता गर्ने ठेकेदारलाई सरकारले कडा कारवाही गर्ने गृहमन्त्री थापाको भनाइ छ ।

गृहमन्त्री थापाले सुनसहितको तस्करी नियन्त्रणका लागि सरकारले आवश्यक संयन्त्रको निर्माण गरेको पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्