काठमाडौं । दक्षिण कोरियामा जारी १८औं फिना विश्व पौडी च्याम्पियनसिप अन्तर्गत महिला २ सय मिटर फ्रिस्टाइल स्पर्धामा नेपालकी गौरिका सिंह हिट चरणबाटै बाहिरिएकी छिन् ।
मंगलबार भएको खेलमा गौरिकाले हिट चरणमा २ मिनेट १३ सेकेन्डको समय खर्चिएकी थिइन् । दोस्रो हिटमा रहेकी गौरिकाले आफ्नो हिटमा भने शीर्ष स्थान हासिल गरिन् । समग्रमा उनी ४८ औं स्थानमा रहिन् ।
यस स्पर्धामा ६४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । नेपालगन्जमा हालै सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा गौरिकाले यस स्पर्धामा स्वर्ण पदक जितेकी थिईन् । च्याम्पियानसिपमा गौरिकासँगै नेपालका चार खेलाडीले भाग लिएका छन् ।