Logo

बाढीले बगायो रेलको लिक



कखरा संवाददाता


काठमाडौं । अविरल वर्षासँगै आएको बाढीले जनकपुर र विराटनगरमा निर्माण क्रममा रहेको रेलको लिक बगाएको छ ।

धनुषाको इनरुवास्थित भारतीय सीमा क्षेत्रमा लिकमुनिको माटो बगाएको छ भने जोगवनी–विराटनगर खण्डको कस्टम याडनजिकै रहेको स्टेसनको पर्खाल बाढीले भत्काइदिएको छ ।

जयनगर–इनरुवा खण्डमा लिक निर्माणपछि रेल चलाएर परीक्षण गरिसकिएको छ । ‘लिक निर्माण भइरहेको ठाउँमा बाढीले केही क्षति पुर्याएको छ । ’रेल विभागका महानिर्देशक बलराम मिश्रले भने, अहिले वर्षातको समय छ, पानी नसुकी काम हुँदैन, अब भदौबाट मात्रै काम हुन्छ ।’ कान्तिपुर दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्