Logo

शिक्षामन्त्रीलाई परीक्षा नियन्त्रकको पत्र ‘मलाई हटाऊ’



कखरा संवाददाता


काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) सानोठिमीका नियन्त्रक विष्णुप्रसाद अधिकारीले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसँग आफूलाई जिम्मेवारीबाट मुक्त गर्न माग गरेका छन् ।

विगतमा नियन्त्रक भएर जान मरिहत्ते गर्ने कार्यालयमा डेढ वर्षदेखि कार्यरत नियन्त्रक अधिकारीले लिखित निवदेन नै दिएर जिम्मेवारीबाट हटाइदिन अनुरोध गरेपछि मन्त्रालय तथा मातहतका नियकालयमा तरंग फैलिएको छ ।

परीषा नियन्त्रक भएर एसईईको एउटा परीक्षा सफलतापूर्वक सञ्चालन गरेका अधिकारीले पनिकालाई मन्त्रालयले बेवस्ता गरेको गुनासो गर्दै निवेदन दिएका हुन् ।, समाचार अन्नपूर्ण पोस्ट् दैनिकले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्