Logo

नेकपाले जिल्ला इन्चार्ज र सह-इन्चार्ज टुंग्यायो (नामसहित)



कखरा संवाददाता


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सबै जिल्लाको इन्चार्ज र सह-इन्चार्ज टुंग्याएको छ । नेकपाको आइतबार बसेको सचिवालय बैठकले जिल्ला इन्चार्ज र सह-इन्चार्ज छिनोफानो गरेको हो । ६ महानगरपालिकाको इन्चार्ज र सहइन्चार्जलाई कार्यसमितिकै हैसियतमा रहने गरी टुंगो लगाइएको छ ।

सचिवालय सदस्य वामदेव गौतमले सहमतिका आधारमा जिल्ला इन्चार्ज र सह-इन्चार्ज तोकिएकाे बताउनुभयाे ।

पूर्व सहमति अनुसार तत्कालीन एमालेले ४५ र तत्कालीन माओवादीले ३८ जिल्ला इन्चार्ज पाएको छ । तत्कालीन एमालेको भागमा इञ्चार्ज परेको जिल्लामा तत्कालीन माओवादीको सह–इञ्चार्ज र तत्कालीन माओवादीको इञ्चार्ज भएको जिल्लामा तत्कालीन एमालेको सह–इञ्चार्ज र । तत्कालीन एमाले र माओवादी केन्द्रका तत्कालीन इञ्चार्जहरूले नै इञ्चार्ज र सह–इञ्चार्जको जिम्मेवारी पाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा ३२ वटै विभागको नेतृत्वबारे पनि छलफल भएको छ । तर विभाग नेतृत्व चयन भने हुन सकेन । जिल्ला सह–इन्चार्ज र विभागको नेतृत्वबारे छलफल गर्न सचिवालयको अर्को बैठक मंगलबार बस्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्