Logo

प्रधानमन्त्रीको निर्देशनमा ई–पासपोर्ट चाँडै



कखरा संवाददाता


काठमाडौं । सरकारले ई–पासपोर्ट जारी गर्ने भएको छ । यसका लागि राहदानी विभागले अन्तर्राष्ट्रिय टेन्डर प्रक्रिया पूरा गरेको छ ।

प्रधानमन्त्री केपी ओलीको निर्देशनपछि विभागले ई–पासपोर्टको प्रक्रिया अगाडि बढाएको हो । यसको लागि निर्णय गरिएको र बजेट छुट्याइएको एकवर्ष भइसकेको छ । २०७५ सालमा मन्त्रिपरिषद्ले यससम्बन्धी निर्णय गरेको थियो ।

मेसिन रिडेवल पासपोर्ट(एमआरपी) भन्दा भन्दा दोब्बर लाग्ने अनुमान छ । अहिले प्रतिपासपोर्ट ५ सय ६० रुपैयाँ लागष्त छ । यो लागत अन्तरगत १० नियोग र विभागमा इनरोलमेन्ट (व्यक्ति आफैँ उपस्थित भएर इलेक्ट्रोनिक विवरण दिने) पनि छ

कर्मचारी र कुरियरको लागत भने जोडिएको हुँदैन । लाइभ इनरोलमेन्टमा जानुको मुख्यकारण पनि ईं–पासपोर्ट थियो । यसको परीक्षण रामै्र भएकाले राहदानी, विभाग र कन्सुलर विभागको त्रिपुररेश्वरस्थित नयाँ भवनबाट ईं–पासपोर्ट जारी हुने गरी व्यवस्था मिलाइने विभागले जनाएको छ ।  आजको अन्नपूर्ण पोष्ट दैनिकले प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्