Logo

चिनियाँ जहाजको अन्तिम किस्ता रोकिने



कखरा संवाददाता


सरकारले अनुदान तथा सहुलियत ऋणमा लाइएका ६ वटा चिनियाँ जहाज (दुईवटा एमए ६० र चारवटा वाइ १२ ई)को अन्तिम १० प्रतिशत किस्तावापतको ३४ करोड रुपैयाँ नेपाल वायुसेवा निगमले चीन सरकारलाई नतिर्ने भएको छ ।

सरकारले ७ वर्षअघि चीनको एक्जिम बैंकबाट ३ करोड ५१ लाख अमेरिकी डलर सहुलियत ऋण लिई यी विमान निगमका लागि खरिद गरेको थियो । कूल ऋणमध्ये बुझाउन बाँकी ३४ करोड रुपैयाँ नबुझाउने निर्णय निगमले गरेको छ ।

दुई मुलुकबीच सहुलियत ऋण लिनेदिने सम्झौता भएपनि जहाज गरिद सम्झौता भने निगम र चीन सरकारको स्वामित्वमा रहेको एभिक इन्टरनेसनल होल्डिङ कर्पोरेसनबीच भएको थियो ।

यो समाचार कान्तिपुर दैनिकमा सुरज कुँवरले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्