Logo

एकसातादेखि वेपत्ता रामचन्द्र मृत भेटिए



कखरा संवाददाता


 -पुरुषोत्तम रिजाल

बिदुर, साउन २-एकसातादेखि वेपत्ता भएका विदुर नगरपालिका वडा नम्बर ११ गेर्खुका रामचन्द्र न्यौपाने मंगलबार मृत अवस्थामा फेला परेका छन । न्यौपानेलाई विदुर नगरपालिका वडा नम्बर ५ को बुनीबेसी पुल नजीकै मृत्त अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

एकसातादेखि सम्पर्कविहिन भएका उनलाई मंगलबार प्रहरीले फेला पारे पनि खनाखत हुन सकेको थिएन । उनको बुधवार त्रिशुलीको राम मन्दिरमा दाहासंकार गरिएको उनका काका नवराज न्यौपाने वासुले बताए ।

प्रतिक्रिया दिनुहोस्