Logo

तरकारीको भाउ आकासियो, कुन तरकारीकाे मूल्य कति ?



कखरा संवाददाता


काठमाडौं । अविरल वर्षाका कारण काठमाडौं उपत्यकामा तरकारीको भाउ आकासिएको छ । भारी वर्षाले बाढी र पहिरो जाँदा यातायात आवागमन प्रभावित भई आपूर्ति हुन नसक्दा तरकारीको मूल्य बढेको हो ।

एक साताको अवधिमा हरेकजसो तरकारीमा प्रतिकिलो २० देखि ३० रुपैयाँ वृद्धि भएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डको तथ्यांकअनुसार सबैभन्दा धेरै गोडभेडा, बोडी, सिमी, गाजर काउलीलगायतका तरकारीको मूल्य बढेको छ । गोलभेडा, बोडी सिमीमा प्रतिकिलो २० रुपैयाँ मूल्य बढेको छ ।

कालिमाटी फलफुल तथा तरकारी बजारमा २५ असारमा गोलभेडाको मूल्य प्रतिकिलो १ सय रहेकोमा मंगलबार १२० रुपैयाँ पुगेको छ । यसैगरी सिमी प्रतिकिलो १४० बाट बढेर १६० रुपैयाँ पुगेको छ ।, राजधानी दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्