Logo

पूर्व प्रधानमन्त्री नेपालको श्रीलंकामा उच्चस्तरीय भेटवार्ता



कखरा संवाददाता


काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले श्रीलंकाका प्रधानमन्त्री, सभामुख, पूर्वराष्ट्रपति र कम्युनिष्ट पार्टीका नेतासँग द्विपक्षीय सम्वन्ध विस्तारका संभावनाका विषयमा छलफल गर्नुभएको छ ।

श्रीलंका कम्युनिष्ट पार्टीद्वारा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथिका रुपमा भागलिन कोलम्बो पुग्नुभएका पूर्वप्रधानमन्त्री नेपालले श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंगे, सभामुख करु जयासूर्या, पूर्वराष्ट्रपति महिन्द्रा राजापाक्षे, श्रीलंका कम्युनिष्ट पार्टीका अध्यक्ष राजा कोलुर लगायतसँग नेपाल र श्रीलंकाबीचको मित्रतापूर्ण सम्बन्धका बारेमा चर्चा भएको छ ।

गत असार २३ गते कोलम्बो पुग्नुभएका पूर्वप्रधानमन्त्री नेपालले बुद्धको जन्मस्थान नेपाल र बौद्धमार्गी मुलुक श्रीलंकाबीच घनिष्ठ सम्बन्ध रहेको प्रष्ट पार्नुभएको छ । कार्यक्रममा दुबै मुलुकका नेताहरुले आ–आफ्नो देशका द्वन्द्व समाधानका अनुभवहरुका बारेमा समेत चर्चा गर्नुभयो ।

कार्यक्रममा श्रीलंकास्थित नेपाली राजदूत डा. विश्वम्भर प्याकुरेलको पनि सहभागी हुनुहुन्थ्यो । नेता नेपाल आइतबार स्वदेश फर्कनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्