Logo

प्रसुति सेवामा पुरुष



कखरा संवाददाता


काठमाडौं । बाजुराको बुढीनन्दा नगरपालिकामा एक सुत्केरी महिलाई पूरुष स्वास्थ्यकर्मीले प्रसुति सेवा उपलब्ध गराएका छन् ।

नगरपालिकाको वडानम्बर ९ की ३६ वर्षीया लालमती सार्कीलाई प्रसुति सेवा लिन आफन्तले पाण्डुसेन स्वास्थ्य चौकी पुर्याएपछि महिला स्वास्थ्यकर्मी नभई पुरुष स्वाथ्यकर्मीले प्रसुति सेवा उपलब्ध गराएका हुन् ।

पाण्डुसेन स्वास्थ्य चौकीमा महिला स्वास्थ्यकर्मी नहुँदा जनस्वास्थ्य निरीक्षक नृपराज गिरीले सेवा दिँदै आइरहेका छन् । गिरीले लालमती सार्की मात्र नभई अरुलाई पनि सुत्केरी सेवा दिँदै आएका छन् ।

स्वास्थ्य चौकीमा महिला स्वास्थ्यकर्मी नभएकाले बाध्य भएर उपचारमा खटिनुपरेको गिरीको भनाई छ । अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्