Logo

लालबगैया नदी बस्तीमा पस्यो



कखरा संवाददाता


रौतहट ।  लालबगैया नदी बस्तीमा पसेको छ । नदी बस्तीमा पसेपछि गौर नगरपालिकाको सबै भूभाग डुबानमा परेको हो ।

नदीको पानी बस्तीमा पसेपछि लाखौ मानिस विस्थापित भएका छन्  । प्रहरीका अनुसार  २ दर्जन पक्की घर भत्केका छन् । ९० प्रतिशत भूभाग डुबानमा परेकाे छ ।

नदीबस्तीमा पसेपछि स्थानीय क्रासमा छन् ।  राति समयमा बस्तीमा पानी पसेकाले मानवीय क्षतिको यकिन भने हुन सकेको छैन ।

गौरस्थित प्रहरी कार्यालय, भंसार कार्यालय तथा आसापासका सबै बस्ती डुबानमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्