Logo

पुरुषले बन्ध्याकरण गरे १५ सय भत्ता



कखरा संवाददाता


काठमाडौं । मकवानपुरको एक गाउँपालिकाका पुरुषले बन्ध्याकरण गरेमा १ हजार ५ सय रुपैयाँ प्रोत्साहन भत्ता पाउने भएका छन् ।

जन्मदरलाई घटाउन र महिलाको स्वास्थ्यलाई मध्यनजर राखेर मकवानपुरगढीले पुरुषले बन्ध्याकरण गरेमा वडा कार्यालयमार्फत प्रोत्साहन भत्ताको व्यवस्था गरेको छ ।

‘आगामी आवदेखि सन्तानको रहर पुगेका पुरुषले बन्ध्याकरण गरेमा १५ सय भत्ताको व्यवस्था गरेको छ, ‘अध्यक्ष विदुर हुमागाईंले भने, ‘पुरुषले बन्ध्याकरण गर्न रुचि नै नदेखाएकाले भत्ताको व्यवस्था गरेका हौँ ।’ कान्तिपुर दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्