Logo

शुल्क वृद्धि खारेज गर्न अनेरास्ववियुको माग



कखरा संवाददाता


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियुले कक्षा ११ र १२ मा बढाइएको चर्को शुल्क वृद्धिप्रति आपत्ति जनाउँदै तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ ।

अनेरास्ववियुले मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापन पत्र बुझाउँदै कक्षा ११ र १२ मा बढाइएको चर्को शुल्क वृद्धि तत्काल खारेज गर्न माग गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा अनेरास्ववियूका कार्यबाहक संयोजक रञ्जित तामाङले बुझाउनु भएको ज्ञापन पत्रमा कक्षा १२ सम्म भर्ना भएका विद्यार्थी मध्ये २० प्रतिशतलाई निःशुल्क अध्ययन गर्न पाउने गरी छात्रवृत्तिको व्यवस्था सुनिश्चित गराउन सरकारे गम्भीर ध्यानाकर्षण गराइएको छ ।

तामाङले स्थानीय तहले विद्यालय तहको छात्रवृत्ति वितरणमा विभेद गरेको पाइएको उल्लेख गर्दै त्यसलाई सच्याउन पनि सरकारसँग आग्रह गरिएको बताउनु भयो । ज्ञापन पत्रमा विश्वविद्यालयको पदाधिकारी नियुक्ती पनि खुला प्रतिस्पर्धाको आधारमा गर्ने कानुनी व्यवस्था गर्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्