Logo

कान्छी आमाले मिलाइदिइन् बलात्कार गर्ने वातावरण !



कखरा संवाददाता


काठमाडौं । एक बालिकालाई बलात्कार गर्न सघाएको आरोपमा नातामा काकी पर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

चिसो पेय पदार्थमा रक्सी मिसाएर १४ वर्षीया बालिकालाई बलात्कार गर्ने वातावरण बनाइदिएको आरोपमा मंगलबार पीडित बालिकाको पारिवारिक नाताभित्रकै काकी पर्ने ३५ वर्षीया महिलालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकी महिला नाउँ भने प्रहरीले गोप्य राखेको छ ।

प्रहरीका अनुसार सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको बभनगामाकट्टीस्थित लक्ष्मी बल्लभ नरसिंह माविको कोठामा लगेर बलात्कारको वातावरण बनाइदिएको आरोपमा पक्राउ परेकी राम थरीकी महिलाले विद्यालय भवन निर्माण कम्पनीका मुन्सी तथा विद्यालय कार्यालय सहायकबाट आएको रकम प्रस्तावको प्रलोभनमा परी बलात्कारको वातावरण मिलाइदिएको बयान दिएकी छन् ।

सोही क्रममा नास्तासँगै दिइएको चिसो पिय पदार्थमा मदिरा मिसाएर उनीहरुले खुवाएर लठ्ठ पारेका र त्यसपछि ढोका बन्द गरेर बलात्कार गरेको पीडित बालिकाले प्रहरीलाई बताएकी छन् ।, राजधानी दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्