Logo

सरकारले लगायो परीक्षा बोर्डलाई अंकुश



कखरा संवाददाता


काठमाडाैं । सरकारले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षले गर्दै आएको आफूखुसी निर्णयमा रोक लगाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्ड नियमावली जारी गरी अध्यक्षको आफूखुसी निर्णयमा रोक लगाएको हो । बोर्डका अध्यक्षले राज्यमन्त्रीसरह सेवासुविधा लिँदै आएका छन्। उनले अब भने नेपाल सरकारको विशिष्ट श्रेणीका कर्मचारी (सचिव)सरह मात्र सुविधा पाउनेछन्।

बोर्डले कक्षा १०, ११ र १२ को वार्षिक परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गर्दै आएको छ। बोर्ड शिक्षा ऐनअनुसार सञ्चालन भए पनि आफूखसी निर्णय गर्दै सुविधा लिने गरेको गुनासो बढेको थियो। त्यसपछि नियमावलीमार्फत मन्त्रालयले अंकुश लगाएको हो। यसअघि बोर्ड अध्यक्षलाई कति सुविधा दिने भन्ने कतै स्पष्ट व्यवस्था थिएन।

आफूखुसी विदेश भ्रमणमा जान बोर्डका अध्यक्ष तथा अन्य पदाधिकारीलाई अंकुश लागेको छ। नियमावली नहुँदा बोर्ड अध्यक्षले विदेश भ्रमणमा जानुपरे बोर्डको स्वीकृति लिए पुग्थ्यो। अब नियमावलीले त्यो व्यवस्था हटाउँदै विदेश भ्रमणमा जानुपरे बोर्डको सिफारिस मात्र लिनुपर्ने हुन्छ। अन्तिम स्वीकृति मन्त्रालयबाट लिनुपर्ने व्यवस्था गरिएको छ। नेपाल सरकारलाई आर्थिक दायित्व पर्ने विषयमा कारोबार गर्दा अर्थ मन्त्रालयको पूर्वसहमति लिनुपर्ने व्यवस्था पनि नियमावलीले गरेको छ।, अन्नपूर्ण पोस्ट् दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्