Logo

विषालु च्याउ खाँदा ३ जनाको मृत्यु



कखरा संवाददाता


मकवानपुर । उत्तर पश्चिम विकट क्षेत्रको कैलाश गाउँपालिका–७ मा विषालु च्याउ खाँदा ३ जनाको मृत्यु भएको छ । भने ३ जना सिकिस्त बिरामी परेका छन् ।

विषालु च्याउ खाँदा कैलाश–७ डोकोटारका रामप्रसाद चेपाङ, हरिप्रसाद चेपाङ र श्यामप्रसाद चेपाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

विषालु च्याउ खाँदा अनिता चेपाङ, निकिता चेपाङ र सविता चेपाङ सिकिस्त बिरामी परेका हुन् । उपचारका लागि उनीहरुलाई भरतपुर अस्पताल लगिएको वडाध्यक्ष उदास लामाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्