Logo

राखेपको सदस्य सचिवमा रमेश सिलवाल



कखरा संवाददाता


काठमाडौं । सरकारले रमेश सिलवाललाई राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा नियुक्त गरेको छ । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले सोमबार मदन भण्डारी स्पोर्टस् एकेडेमीका पूर्व अध्यक्ष सिलवाललाई राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा नियुक्त गर्नुभएको हो ।

निवर्तमान सदस्य सचिव केशवकुमार विष्टको कार्यकाल गत असार ९ गते सकिएपछि सचिवको पद रिक्त रहेको थियो । नवनियुक्त सदस्य सचिव सिलवालले सोमबारनै पद तथा गोपनियताको सपथ लिनुभएको छ । युवा तथा खेलकुद मन्त्री विश्वकर्माले आफ्नै मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी सिलवाललाई पद तथा गोपनियताको सपथ खुवाउनु भएको हो ।

सपथ ग्रहणपछि सञ्चारकर्मीसँगै कुरा गर्दै नवनियुक्त सदस्य सचिव सिलवालले चार महिनाभित्र सम्पन्न गर्नुपर्ने दक्षिण एसियाली खेलकुद प्रतियोगिताको चुनौतिलाई सामना गरेर अघि बढने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले नेपालको खेलकुद क्षेत्रलाई राष्ट्रको प्रतिष्ठासँग जोडेर अघि बढाउने योजना सार्वजनिक गर्नुभयो ।

तत्कालिन एमालेको युवा संघको उपाध्यक्ष समेत भइसक्नु भएका सिलवाल प्रधानमन्त्री केपी ओली निकट मानिनुहुन्छ । उहाँले आफूलाई सचिवको जिम्मेवारी दिनु भएकोमा प्रधानमन्त्री ओली र मन्त्री विश्वकर्माप्रति आभार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्