Logo

ऋण मिलाउने बहानामा बैंकका प्रबन्धकद्वारा बलात्कार



कखरा संवाददाता


काठमाडौं । विराटनगरमा एक महिलालाई बलात्कार गरेको आरोपमा धनपालथान गाउँपालिका -४ स्थित नेपाल बंगलादेश बैंक शाखा कार्यालयका प्रबन्धक पक्राउ परेका छन् ।

मोरङ प्रहरीले झापाको बुधबारे घर भएका ४५ वर्षीय अमित बाँस्तोलालाई पक्राउ गरेको हो । प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार प्रारम्भीक अनुसन्धानबाट शाखा प्रबन्धक बाँस्तोलाले चार लाख रुपैयाँ ऋण उपलब्ध गराइदिने बहानामा महिलामाथि करणी गरेको खुल्न गएको छ ।

पीडितको उजुरीपछि बाँस्तोलालाई रंगेली -७ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्