Logo

अमेरिकामा पुनः शक्तिशाली भूकम्प (लाइभ भिडियोसहित)



कखरा संवाददाता


काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा पुनः शक्तिशाली भूकम्प गएको छ ।

क्यालिफोर्नियाको दक्षिणी क्षेत्रमा रहेको मरुभूमि क्षेत्र केन्द्रविन्दु भएर ७ दशमलव १ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्म विभागले जनाएको छ । पछिल्लो दुई दशक यताकै शक्तिशाली कम्पन रहेको विभागले उल्लेख गरेको छ ।

भूकम्पको केन्द्रविन्दु लस एन्जलसबाट झण्डै २ सय ४० किलोमिटर उत्तर पूर्वमा अवस्थित रिड्गेक्रेस्ट शहर नजिक रहेको बिबिसीले जनाएको छ । स्थानीय समय अनुसार शुक्रबार बेलुका सात बजेर १३ मिनेट जाँदा र नेपाली समय अनुसार शनिबार बिहान ९ बजेर चार मिनेट जाँदा भूकम्प गएको हो ।

त्यहि क्षेत्रमा केन्द्रविन्दु भएर नेपाली समय अनुसार शुक्रबार बिहान ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । शनिबारको भूकम्पका कारण विद्युत आपूर्ति बन्द भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्