Logo

खुला स्थल अतिक्रमणको सिकार



कखरा संवाददाता


काठमाडौं । एकाबिहानै टुँडिखेलको चौरमा व्यायाम गर्नेहरूको हुलमा हुनुहुन्थ्यो, सञ्जीवकुमार शर्मा । क्षेत्रपाटी बस्ने उनी हिँड्दै टुँडिखेलसम्म आउँछन् र केहीबेर व्यायाम गरी फर्किन्छन् । कहिले टुँडिखेल त कहिले स्वयम्भू उनको बिहानी कसरत गर्ने ठाउँ हो ।

‘नजिकै ठूलो खुला ठाउँ नभएपछि टाढा भए पनि आउनै पर्‍याे,’ उनले भने, ‘हामी जिममा पैसा तिरेर दिनदिनै जान सक्दैनौँ, त्यसैले यस्ता खुला स्थलहरू खोज्दै हिँड्नुपर्‍याे  नि ।’

शर्माजस्तै धेरैको व्यायाम गर्ने थलो टुँडिखेल हो । सैनिक मञ्चको तारबारभन्दा बाहिरको थोरै खुला ठाउँमा एकाबिहानै दौड्ने, खेल्ने, योग गर्नेहरूको भीड देख्न सकिन्छ ।

अस्तव्यस्त सहरी जीवनशैलीबीच स्वास्थ्यप्रति सचेत जनसङ्ख्या अचेल शारीरिक कसरतप्रति आकर्षित छन् । केही मानिस व्यावसायिक जिमखाना, योगघरतिर जान्छन् त कोही सार्वजनिक खुला स्थानमा व्यायाम गर्न मन पराउँछन् ।

सहरी योजनाकार विजयकृष्ण श्रेष्ठ त सहरमा यस्ता खुला स्थानहरू सबैभन्दा पहिला सामुदायिक स्वास्थ्यका लागि महत्वपूर्ण हुने बताउँछन् तर सहरमा मानव बसोबासको क्षेत्र बढ्दै गर्दा खुला स्थलहरूको आकार भने घट्दैछ । यो सहरी सामुदायिक स्वास्थ्य र सौन्दर्यका हिसाबले चुनौतीपूर्ण अवस्था रहेको उनी बताउँछन् । यो समाचार आजको गोरखापत्र दैनिकमा शान्ति लामाले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्