Logo

लमजुङमा फिल्मसिटी बन्ने, लागत ५ अर्ब ९० करोड



कखरा संवाददाता


काठमाडौं । लमजुङको बेशीशहरमा अन्तराष्ट्रिय स्तरको फिल्म सीटी बन्ने भएको छ ।

बुधबार सञ्चार मन्त्रालयमा वल्र्ड एरिया लाइन भिलेज नेपाल नामक फिल्म सीटीको निर्माण वल्र्ड एरिया होल्डीङ ईटली र स्काइ इन्टरटेन्मेन्ट इन्भेस्मेन्ट प्रालीले संयुक्त लगानीमा निर्माण हुने सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

सहमतिपत्रमा संञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाको समुपस्थितिमा वल्र्ड एरिया होल्डीङ ईटलीका तर्फबाट अघ्यक्ष फ्रान्सेस्को सिङ्नोरीएलो र स्काइ इन्टरटेन्मेन्ट इन्भेस्मेन्ट प्राईभेट लिमिटेड नेपालका तर्फ बाट अघ्यक्ष आकाश अघिकारीले हस्ताक्षर गर्नु भयो ।

५ वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको फिल्म सीटीको निर्माण लागत अनुमानित ५ अर्ब ९० करोड रुपैयाँ रहेको छ । निर्माणपछि अन्तर्राष्ट्रिय स्तरको प्रविधि सम्पन्न चलचित्र छायाङ्कन र सम्पादनको सुविधा उपलव्ध हुनेछ । फिल्म सीटीको निर्माण बाट आन्तरिक रोजगारी सृजना हुनुका साथै सरकारले राजश्व समेत प्राप्त गर्ने छ ।

फिल्म सीटीको निर्माणसँगै त्यस स्थानमा एक पाँच तारे होटल र अन्य पर्यटकीय पुर्वाघार पनि निर्माण गरिने छ ।

प्रतिक्रिया दिनुहोस्