Logo

१० वर्षपछि बढ्यो भिसा शुल्क



कखरा संवाददाता


काठमाडौं । सरकारले झण्डै १० वर्षपछि प्रवेशाज्ञा (भिस) शुल्क बढाएको छ । बढेको शुल्क साउन १ गतेदेखि कार्यान्वयनमा आउनेछ ।

मन्त्रिपरिषद्ले पर्यटक, अध्ययन, गैरपर्यटकीय, व्यावसायिक र आवासीय भिसा दस्तुर बढाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार गृह मन्त्रालयले परिवर्तित भिसा शुल्क लागू गर्न लागेको हो ।

अध्यागमन विभागले नयाँ भिसा शुल्क कार्यान्वयन गर्ने तयारी गरेको छ । गृहले पछिल्लोपटक २०६५ साउन १ गतेदेखि नयाँ भिसा शुल्क कार्यान्वयनमा ल्याएको थियो । झन्डै १० वर्षपछि नेकपा अध्यक्ष केपी ओली नेतृत्वको सरकारले भिसा शुल्क बढाउने निर्णय गरेको हो ।

गृह मन्त्रालयले पर्यटकीय भिसाअन्र्तगत १५ दिनको बहुप्रवेशी भिसा दस्तुर ३० डरल पुर्‍याएको छ । यसअघि १५ दिनको बहुप्रवेशी भिसा शुल्क २५ डलर तिर्नुपथ्यो ।, अन्नपूर्ण पोस्ट् दैनिकले समाचार छापेको छ ।

प्रतिक्रिया दिनुहोस्