Logo

पूर्वराष्ट्रपति जर्दारी पक्राउ



कखरा संवाददाता


इस्लामावाद । पाकिस्तानका पूर्व राष्ट्रपति असिफ अलि जर्दारीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च ओहोदाको व्यक्तिको सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा आरोपित उहाँलाई पक्राउ गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

उहाँले भने आफूमाथि लगाइएको आरोपको खण्डन गर्नुभएको छ । हत्या गरिएका पूर्व प्रधानमन्त्री बेनेजिर भुट्टोका श्रीमान् जर्दारी सन् २००८ देखि २०१३ सम्म पाकिस्तानको राष्ट्रपति बन्नुभएको थियो ।

उहाँलाई पक्राउ गर्ने बेलामा प्रहरी र उहाँका समर्थकहरुबीचमा केहीबेर सानो खालको झडपसमेत भएको थियो । उहाँ पाकिस्तान पिपल्स पार्टीका नेता हुनुहुन्छ ।

पटक पटक विवादित बन्दै आउनुभएका जर्दारीलाई यसअघि भ्रष्टाचार सम्वन्धी मुद्दाकै विषयमा ११ बर्षको जेल सजाय सुनाइएको थियो ।

पाकिस्तानका अर्का पूर्वप्रधानमन्त्री नवाज सरिफ पनि भ्रष्टाचारको अभियोगमै सात बर्षे जेल सजाय भोगिरहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्