Logo

११ हजार नपाउँदा मालिकको हत्या



कखरा संवाददाता


काठमाडौं । १९ वर्षअघि भक्तपुरको कटुन्जेलमा भएको विजयश्वरी प्रजापतिको हत्यामा घरमा काम गर्न राखिएका घरेलु कामदार नै संलग्न भएको खुलेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले १९ वर्षपछि हत्यामा संलग्न पर्सा सुवर्णपुरका देवीरमण अधिकारीलाई पक्राउ गरेर सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

अधिकारीले ८ असार२०५७ मा भक्तपुर कुटुन्जेस्थित घरमै विजयश्वरीको हत्या गरेर फरार भएका र उनलाई १९ वर्षपछि शनिबार रुपन्देहीको सिद्धार्थ नगरपालिका–१ बेलहियाबाट पक्राउ गरिएको सीआइबी प्रमुख डीआईजी निरज शाहीले जानकारी दिनुभयो ।

पक्राउ परेरका अधिकारी घरेलु कामदारका रुपमा विजयश्वरीकै घरमा कार्यरत थिए ।  कर्मचारी हुँदै कामदारका रुपमा घरमा ल्याइएका अधिकारीले करिब सात महिना काम गरेपछि आफूलाई आवश्यक परेको भन्दै करिब ११ हजार रुपैयाँ मागेका थिए ।

प्रतिक्रिया दिनुहोस्