Logo

दिउँसोदेखि यी क्षेत्रमा हावाहुरीसहितको वर्षा



कखरा संवाददाता


काठमाडौं । देशका अघिकांश स्थानमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागमा वर्षाको सम्भावना छ ।

दिउँसोदेखि देशका पूर्वी तथा मध्य भूभागका केही र पश्चिमी पहाडी भू भागका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ। साथै पूर्वी भूभागका एक दुई स्थानमा हावाहुरीको समेत सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ ।

यस्तै, राति देशका पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागमा सामान्य बदली रहने सम्भावना छ । देशका पहाडी भूभागका केही स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्