Logo

पाँचथर हत्याकाण्ड : भागेर बाँचेकी सीताले भेटिन् अभिभावक



कखरा संवाददाता


काठमाडौं । गत ६ जेठ पाँचथरको मिक्लाजुङ गाउँपालिका आरुबोटेमा दुई परिवारका नौ जनाको सामूहिक हत्यामा भागेर बाँच्न सफल भएकी किशोरीले अभिभावक भेटेकी छन् ।

इटहरी–१९ स्थित भवानीपुरमा रहेको शहीद स्मृति आवासीय विद्यालयले अभिभावकत्व लिएर अध्ययनको वातावरण मिलाएसँगै उनले अभिभावक भेटेकी  हुन् ।

उक्त विद्यालयमा शनिबार एक कार्यक्रमको आयोजना गरी किशोरीलाई भर्ना गरिएको विद्यालका प्रधानाध्यापक शिवचन्द्र राईले बताउनुभयो । घटनापछि भागेर बाँचेकी १४ वर्षीया सीता खजुम अभिभावकविहीन बनेकी थिइन् ।, समाचार राजधानी दैनिकले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्